आइतबार, वैशाख ३०, २०८१

११ अंकले घट्दा ८३ करोड ६० लाखको सेयर किनबेच

नेपालखोज २०८० कार्तिक २३ गते १५:३४

काठमाडौं । नेप्सेको उकालो यात्रामा ब्रेक लागेको छ । अघिल्लो दिन पाँच दशमलव १७ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने ११ दशमलव ८५ अंकले घटेर १८ सय ५२ दशमलव शुन्य आठ अंकमा झरेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३६ अंकले घटेर तीन सय ५७ दशमलव शुन्य चार अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ८२ वटा कम्पनीहरुको २७ हजार आठ सय ४५ पटकको कारोबारमा २८ लाख ८३ हजार सात सय ३१ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ८३ करोड ६० लाख पाँच हजार छ सय ५६ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक दुई दशमलव ५५ अंकले घटेर १ज्ञ सय ७२ दशमलव ९१ अंंकमा झरेको छ भने विकास बैंक समुहको सुचक १५ दशमलव ५१ अंकले घटेर तीन हजार पाँच सय ४७ दशमलव २३ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि २१ दशमलव ३४ अंकले घटेर १६ सय चार दशमलव ६४ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि १६ दशमलव ५४ अंकले घटेर १९ सय ३६ दशमलव १३ अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुुचक पनि एक सय एक दशमलव ७७ अंकले घटेर नौं हजार सात सय दशमलव १८ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ३९ दशमलव ६२ अंकले घटेर नौं हजार पाँच सय २९ दशमलव ३० अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहको सुचक पनि क्रमशः ३९ दशमलव शुन्य नौं, शुन्य दशमलव ४१, १२ दशमलव ७८, २८ दशमलव ७३, शुन्य दशमलव शुन्य चार, २२ दशमलव आठ र तीन दशमलव ८८ अंकले घटेका छन् ।

नेप्सेमा आज सयपत्री हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ दशमलव ९६ प्रतिशतले बढेर पाँच सय सात रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा माउन्टेन इर्नर्जी नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य छ दशमलव ५८ प्रतिशतले घटेर सात सय ३८ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको भने प्रतिकित्ता दुई सय ५९ रुपैंयाँ अन्तिम मुल्यमा सात करोड ७० लाख ८६ हजार छ सय ७३ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कारोबार मध्येमा रकम कारोबारको आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया