११ हजार ७ सय ८० थान पटाकासहित एक जना पक्राउ
नेपालखोज
२०८० कार्तिक २४ गते १३:०५

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ स्वयम्भू डेरा गरी बस्ने बर्दिया राजापुर नगरपालिका–६ घर भएका २९ वर्षीय महेश परियारलाई विभिन्न किसिमका पटाका ११ हजार ७ सय ८० थानसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त पटाकासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया