मंगलबार, असार ३, २०८२

अबदेखि वालेटमा एक दिनमा २० पटकसम्म रकम जम्मा गर्न सकिने

नेपालखोज २०८० कार्तिक २४ गते १६:५५

काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेटमा रकम जम्मा गर्नै सीमा थप गर्दै एक दिनमा २० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

शुक्रवार भुक्तानी सम्बन्धी कार्य गर्न अनुमत पत्र प्राप्त सबै संस्थाहरूको नाउँमा परिपत्र जारी गदै भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम गर्ने सीमा (सङ्ख्या) लाई अस्थाईरुपमा वृद्धि गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकले परिपत्र मार्फत भनेको छ, भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन अनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकोमा यही कार्त्तिक २४ गते देखि मङ्सिर तीन गतेसम्मको लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा २० पटकसम्म रकम जम्मा गर्न सकिने छ । तर उक्त कारोबारको सङ्ख्या र कारोबारको कुल रकम यस विभागलाई जानकारी गराउनु पर्ने छ ।

प्रतिक्रिया