बिहीबार, जेठ २, २०८२

कैदी बन्दीको सुविधामा प्रत्यक्ष पहुँच

नेपालखोज २०८० कार्तिक २४ गते १९:३३

जानकी (बाँके) । बाँके कारागारमा रहेका कैदी बन्दीहरुको राज्यबाट प्राप्त हुने सेवा सुविधा प्रत्यक्ष पहुँच भएको छ । आज प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा बाँकेका कैदी बन्दीलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा प्रत्यक्ष पहुँचको व्यवस्था गरिएको हो ।

प्रजिअ पोखरेलका अनुसार कैदीबन्दीले आगामी दिनमा सेवा सुविधा प्रत्यक्ष रुपमा प्राप्त गर्नेछन् । कारागार व्यवस्थापन विभागअन्तर्गत बाँके कारागारमा पहिलो पटक कैदी बन्दीलाई प्रत्यक्ष रुपमा सेवासुविधा भत्ता उपलब्ध गराइएको प्रजिअ पोखरेलले बताए ।

चौकीदार, नाइके र सहायक नाइकेमार्फत वितरण हुँदै आएको उक्त रकम पहिलो पटक प्रत्यक्ष रुपमा कैदीबन्दीले बुझेका हुन् । प्रजिअ पोखरेलले कारागार प्रशासन र कैदीबन्दीबीचको सोझो सेवा प्रवाहले चौकीदार, नाइके र सहायक नाइकेबाट प्राय हुने गरेको रकम चुहावट रोक्नका लागि यो व्यवस्था लागू गरिएको बताए ।

प्रतिक्रिया