शुक्रबार, जेठ ४, २०८१

चरन क्षेत्र नहुँदा समस्या

नेपालखोज २०८० कार्तिक २६ गते ८:५६

रामेछापको दोरम्वा गाउँपालिकाको सैलुङ क्षेत्रमा चौँरी पालन गर्दै आएका किसानलाई चरन क्षेत्र नहुँदा समस्या भएको छ । चरण क्षेत्रको अभाव हुन थालेपछि चौर पालक किसानको पेसा नै सङ्कटमा पर्ने हो की भन्ने चिन्ताले सताएको छ ।

दोलखा र रामेछापको सिमानामा पर्ने सैलुङ क्षेत्रमा पुस्ताकैदेखि चौँरी पालन गर्दै आएका किसानलाई चरन क्षेत्रको अभाव हुँदा समस्यामा परेका हुन् । यस क्षेत्रमा सडक नपुग्दासम्म चौँरीपालन गर्ने किसानको सङ्ख्या न्यून थियो ।

पछिल्लो समय चौँरीबाट उत्पादित दूध, ध्यू, छुर्पी, चिजलगायत वस्तु सडक सञ्जालका कारण बिक्री वितरणमा सहज हुन थालेपछि चौँरी पालक किसानको वृद्धि भएको स्थानीय बताउँछन् ।

पछिल्लो समयमा चौँरी पालन किसान बढेसँगै गोठ निर्माण तथा चरन क्षेत्र तत्काल व्यवस्थापन गर्ने तयारी भइरहेको गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले बताए । समयमानै चरण क्षेत्र व्यवस्थापन गर्न नसके सैलुङ क्षेत्रमा चौँरी पालन नै सङ्कटमा पर्ने किसानको भनाइ थियो । स्थानीय निकायले यसतर्फ ध्यान दिनुपर्ने उनीहरू बताउँछन् ।

पाल्न सुरुवात गरेका किसान लालबहादुर योञ्जनले बताए । सैलुङ क्षेत्र उच्च लेकाली भू–भागमा पर्ने भएकाले यस क्षेत्रमा आलुबाहेक अन्य बालीनाली नहुने भएकाले पनि किसान चौँरी पालन तर्फ आकर्षित भएका उनको भनाइ थियो ।

हाल शैलुङका करिब २० घरधुरीले तीन सय ५० को हाराहारीमा चौँरीगाई पालन गर्दै आएका छन् । ‘वर्षातको समयमा घाँस उम्रने भएकाले केही सहज हुन्छ । तर पर्याप्त घाँस र चरण क्षेत्र नहुँदा समस्या भएको छ’, योञ्जनले भने, ‘हिउँदको समयमा घाँसको झनै समस्या हुने गरेको छ ।’

चौँरी पालक किसानले पहिला स्थानीय गोदावरी र कालिन्चोक सामुदायिक वनलाई चरन क्षेत्रको रूपमा प्रयोग गर्दै आएका जनाउँदै अहिले सामुदायिक वनले चरन क्षेत्र रोकेपछि झनै समस्या भएको उनले बताए । हाल किसानले आफ्नै खर बारीमा चरन क्षेत्र बनाएर चाैँरी चराउने गरेका छन् ।

चौँरी पालक किसानले स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट कुनै सहयोग पाउन नसकेको दोरम्बा–१ राज भिरका फर्वा शेपाले गुनासो गरे । विगत वर्षमा सैलुङ क्षेत्रमा चौँरीगाई पाल्ने किसान थोरै हुँदा समस्या नभएका बताउँदै किसानको सङ्ख्या बढेसँगै समस्या पनि बढेको उनको भनाइ थियो ।

पछिल्लो समयमा चौँरी पालन किसान बढेसँगै गोठ निर्माण तथा चरन क्षेत्र तत्काल व्यवस्थापन गर्ने तयारी भइरहेको गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले बताए । समयमानै चरण क्षेत्र व्यवस्थापन गर्न नसके सैलुङ क्षेत्रमा चौँरी पालन नै सङ्कटमा पर्ने किसानको भनाइ थियो । स्थानीय निकायले यसतर्फ ध्यान दिनुपर्ने उनीहरू बताउँछन् ।

प्रतिक्रिया