श्रीमान्–श्रीमती घरभित्रै मृत भेटिए
नेपालखोज
२०८० कार्तिक २६ गते १५:१४

धनगढी । कञ्चनपुरमा श्रीमान् र श्रीमती आफ्नै घरभित्र मृत अवस्थामा भेटिएका छन् ।
लालझाडी गाउँपालिका–१ का २६ वर्षीय श्यामकुमार राना र उनकी श्रीमती २५ वर्षीया पुष्पा राना घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाशबहादुर डाँगीका अनुसार घरको धुरीमा झुण्डिएको अवस्थामा उनीहरुको शव भेटिएको थियो ।
मृतकको तीन वर्षीया बालक रोएपछि नजिकै बस्ने उनकी हजुरआमा घरमा पुगेर हेर्दा झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।
सम्बन्धित

प्रतिक्रिया