भूकम्पपीडितलाई पाँच लाख ५५ हजार सहयोग
नेपालखोज
२०८० कार्तिक २७ गते १८:५२

काठमाडौं । नेपाल प्रहरी श्रीमती सङ्घले भूकम्पपीडितका लागि रु पाँच लाख ५५ हजार पाँच सय ५५ सहयोग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सङ्घकी अध्यक्ष लक्ष्मी कुँवरले सङ्घका तर्फबाट चेक हस्तान्तरण गरेकी हुन् ।
चेक हस्तान्तरणका अवसरमा सङ्घका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो । अध्यक्ष कुँवरले पीडितलाई थोरै भए पनि सहयोग पुगोस् भनेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई उक्त राहत हस्तान्तरण गरिएको बताइन् ।
जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका भूकम्प प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषका लागि उक्त रकमको सहयोग गरिएको सङ्घले जनाएको छ । रासस
सम्बन्धित
प्रतिक्रिया