शुक्रबार, जेठ ४, २०८१

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

नेपालखोज २०८० कार्तिक २८ गते ७:१०

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । 

महाशाखाका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।

महाशाखाले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा  आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

प्रतिक्रिया