बेलायत सरकारले रुवाण्डासँग शरणसम्बन्धी ’नयाँ सन्धि’मा काम गरिरहेको छ : प्रधानमन्त्री सुनक

नेपालखोज २०८० कार्तिक २९ गते २०:५५

लन्डनव । बेलायत र रुवान्डाले शरणार्थीहरू लक्ष्यित नयाँ सम्झौताको लागि काम गरिरहेको ऋषि सुनकले बुधबार बताएका छन् ।

बेलायतको सर्वोच्च अदालतले आप्रवासीहरूलाई अफ्रिकी देशमा लैजान गैरकानूनी भएको फैसला गरेपछि नयाँ ढङ्गले छलफल अगाडि बढेको हो ।

‘सरकारले रुवान्डासँग नयाँ सन्धिमा पहिले नै काम गरिरहेको छ र हामी आजको निर्णयको आधारमा यसलाई अन्तिम रूप दिनेछौं,’ प्रधानमन्त्रीले सांसदहरूलाई बताएका छन् । ।

प्रतिक्रिया