सोमबार, वैशाख २९, २०८२

घरमा नराख्नुहोस् यी ५ चिज

नेपालखोज २०८० कार्तिक ३० गते ८:०८

कडा परिश्रम गरे पनि मानिसले आर्थिक संकट झेल्नु पर्ने र सुख समृद्धिको समस्या कायमै रहने गरेको देखिन्छ । यदि तपाइँ वास्तुशास्त्रमा विश्वास गर्नुहुन्छ भने, तपाइँको घरको वास्तु दोषहरू सुधार गरेर यो समस्या समाधान गर्न सकिन्छ । यदि घरको वास्तु ठीक छ भने यसले घरबाट नकारात्मक ऊर्जा हटाउँछ र घरमा सकारात्मक ऊर्जा संचार हुन्छ । अब प्रश्न आउँछ कि यो दोष कसरी हटाउने ?

वास्तु शास्त्र अनुसार घरमा केहि यस्ता चीजहरू हुन्छन् जसका कारण घरमा नकारात्मक प्रभाव देखिन्छ । यी कुराले गर्दा घरमा अशान्ति पनि रहन्छ । त्यसैले यस्ता वस्तुलाई तुरुन्तै घरबाट निकाल्नुपर्छ । त्यसोभए जानौं ती कुन चीजहरू हुन् जसलाई घरमा राख्नु हुँदैन ।

टुटेका मूर्तिहरू
वास्तुशास्त्रका अनुसार घरमा टुटेफुटेका मूर्ति कहिल्यै राख्नु हुँदैन । किनभने यसले घरमा नकारात्मकता ल्याउँछ । यसका साथसाथै घरमा दुर्भाग्य र संकट पनि आउँछ ।

चप्पल–जुत्ता
वास्तुशास्त्र अनुसार थोत्रा काम नलाग्ने चप्पल–जुत्ता कहिल्यै प्रयोग गर्नु हुँदैन । घरमा थोत्रा चप्पल वा जुत्ता छन्–छैनन् भन्ने कुरामा विशेष ध्यान दिनुहोस् । किनभने थोत्रा चप्पल वा जुत्ताको प्रयोगले घरमा गरिबी ल्याउँछ । योसँगै परिवारबीच मनमुटाव पनि हुन्छ ।

भाँचिएको कुर्सी
घरको प्रवेशद्वारमा भाँचिएको कुर्सी कहिल्यै नराख्नुहोस् । यसो गर्नाले घरमा गरिबीको बास हुन्छ । माता लक्ष्मी त्यस्तो घरमा प्रवेश गर्दिनन् जुन घरको ढोकाको फ्रेम वा पिल्लर भाँचिएको छ ।

साबुन
हाम्रो बाथरुममा साबुनको सानो टुक्रा साबुन बक्समै रहन्छ । वास्तुशास्त्र अनुसार घरमा साबुनको सानो टुक्रा राख्नाले घरमा नकारात्मक ऊर्जा आउँछ ।

च्यातिएको लुगा
वास्तुशास्त्र अनुसार घरमा फाटेको कपडा राख्नाले व्यक्तिको करियरमा बाधा पुग्छ । त्यसैले यदि कपडा धेरै पुरानो वा च्यात्तिएको छ भने त्यसलाई बाहिर फ्याँक्नु पर्छ ।

पुराना समाचार पत्रहरू
सामान्यतया मानिसहरूमा घरमा पुराना पत्रपत्रिकाहरू राख्ने बानी हुन्छ । तर वास्तुशास्त्र अनुसार पुराना पत्रपत्रिका घरमा राख्नु अशुभ मानिन्छ । किनभने पत्रपत्रिकामा जमेको धुलो र माटोले आर्थिक संकटसँगै पारिवारिक कलह ल्याउँछ ।

विशेष जानकारि: यो लेखमा दिइएको जानकारी परम्परा, पुराना ग्रन्थ तथा मान्यतामा आधारित छ । हामी यो पूर्ण रूपमा सत्य र सही छ भनी दाबी गर्दैनौं । कुनै पनि उपाय अपनाउनु अघि, सम्बन्धित क्षेत्रका विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ ।

प्रतिक्रिया