करेन्ट लागेर मृत्यु
नेपालखोज
२०८० मंसिर १ गते १९:२२

बागलुङ । निसीखोला गाउँपालिका–३ काउले बस्ने ६२ वर्षीय भाजबिर नेपालीको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।
काउलेबाट धुवाखोरतर्फ जाने गोरेटो बाटोमा हिड्ने क्रममा निसीखोला दोस्रो जलबिद्युत आयोजनाबाट लगिएको विद्युतको तार भुईमा रहेको अवस्थामा तारमा कुल्चिदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया