अजरबैजानद्वारा भ्रष्टाचारविरोधी पत्रकार पक्राउ
नेपालखोज
२०८० मंसिर ५ गते १५:१९

बाकु । अजरबैजानले मङ्गलबार राजनीतिक अभिजात वर्गमा भ्रष्टाचारको अनुसन्धान गर्ने दुई पत्रकारलाई हिरासतमा लिएको उनीहरूका वकिलहरूले बताएका छन् । कडा नियन्त्रण भएको क्यास्पियन मुलुक अजरबैजानमा मिडियालाई लक्षित गर्ने नयाँ कानूनी मुद्दामा उनीहरूलाई हिरासतमा लिइएको हो ।
ऊर्जा समृद्ध यो मुलुकमा लामो समयसम्म अलियेभ वंशले शासन गरेको छ । असहमतिका सङ्केतहरूले सामान्यतया अजरबैजानमा कडा सरकारी प्रतिक्रियाको सामना गर्नुपर्दछ ।
‘प्रहरीले मङ्गलबार अब्जास मिडियाका प्रधानसम्पादक सेभिन्ज भागिफ्जीलाई युरोपबाट बाकु फर्कंदा हिरासतामा लिएको छ र उहाँको घरको खानतलासी गरेको छ’, उनका वकिल एल्चिन सादिगोभले भने ।
सोमबार मिडिया आउटलेटका निर्देशक उल्भी हसनलीलाई विदेशी मुद्रा तस्करी गरेको आरोपमा पक्राउ गरिएको उनका वकिल जिबेदा सादिगोभाले बताए ।
सम्बन्धित








प्रतिक्रिया