शुक्रबार, असार १, २०८१

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

नेपालखोज २०८० मंसिर ५ गते १५:१९

काठमाडौं । सप्तरीको बोदेबर्साईन नगरपालिका–५ बर्साईन बजारस्थित सोही नरगपालिका–७ मानराजा बस्ने कृष्ण कुमार पौदारको आरएन ईलेकट्रिक जेनरल स्टोरमा विद्युत सर्ट भई सोमबार साँझ आगलागी हुँदा ल्यापटप, कम्प्युटर, मोबाईल, फर्निचरको सामान गरी करिब ८ लाख २० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सर्लाहीको बागमती नगरपालिका–४ नगरपालिका टोल बस्ने भगवान प्रसाद सापकोटाको गोठघरमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा धान, चामल, तोरी र मकै जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । रूपन्देहीको बुटवल उपमहानगरपालिका–६ स्थित रक्षा मेडिकलमा विद्युत सर्ट भई सोमबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया