गुरुप्रसाद न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

नेपालखोज २०८० मंसिर ६ गते १४:४९

काठमाडौं । शेयरको भित्री कारोबार (इनसाईड ट्रेडिङ) गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कम्पनीको भित्री सूचनाका आधारमा शेयर खरिद बिक्री गरी गैरकानूनी लाभ लिएको आरोपमा विभागले निजी क्षेत्रका उर्जा उत्पादक न्यौपानेविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया