कांग्रेस आत्तिने र बरालिने होइन, सम्हालिने हो: गगन थापा
नेपालखोज
२०८० मंसिर ६ गते १६:३४

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवलपरासीकाे एक कार्यक्रममा बोल्दै बाहिरको अवस्था हेरेर कांग्रेस बरालिने नहुने बताएका छन् ।
पार्टीको नवलपरासी क्षेत्र नम्बर २ को सम्मेलन उद्घाटन गर्दै महामन्त्री थापाले अब कांग्रेसलाई बदल्ने र बलियो बनाउने बताए।
उनले भने ‘बदलिएको र बलियो कांग्रेसले बरालिएको अहिलेको अवस्थालाई सम्हाल्ने हो । ‘हामी आफू बलियो बनौं, नबरालिँऔं, समाजभित्रका तमाम कुरा हेरौं, यसबाट सिकौं। सँगसँगै सम्हालिएर अघि बढौं।’
सम्बन्धित
प्रतिक्रिया