कानुनमन्त्री भन्छन्– गणतन्त्रविरुद्धका गतिविधिबाट विचलित हुने अवस्था छैन
नेपालखोज
२०८० मंसिर ७ गते ७:४१

सिरहा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले लोकतान्त्रिक गणतन्त्रविरुद्धका कुनै पनि गतिविधिबाट विचलित हुने अवस्था नरहेको बताएका छन् ।
सिरहाको लहान नगरपालिका–१६ मा नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं १ ९१० को प्रथम प्रदेशसभा सम्मेलनको आज उद्घाटन गर्दै मन्त्री गुरुङले उक्त कुरा बताएका हुन्
मन्त्री गुरुङले भने, ‘सार्वजनिक ओहोदामा रहेका व्यक्तिले आर्थिकरूपमा पारदर्शी र तटस्थ भूमिका निर्वाह गर्नुपर्दछ जसले नागरिकको व्यवस्थाप्रति विश्वास बढ्छ ।’
सरकारले दृढताका साथ भ्रष्टाचारविरुद्ध अभियान सुरु गर्दा सरकारलाई नै विभिन्न कोणबाट असहयोग हुने गरेको मन्त्री गुरुङले बताए । उनले पार्टी कार्यकर्तालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एकताबद्ध भई सङ्गठन विस्तार र जनतासँग जोडिन आग्रह गरे ।
सम्बन्धित
प्रतिक्रिया