शनिबार, वैशाख २७, २०८२

ज्ञानेन्द्र शाही पनि प्रसाईंको आन्दोलनमा

नेपालखोज २०८० मंसिर ७ गते १४:३३

काठमाडाैं । दुर्गा प्रसाईं नेतृत्वको समूहले काठमाडौंको बल्खुमा जारी राखेको प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही पुगेका छन्।

राप्रपाभित्र प्रसाईंको प्रदर्शन र एजेन्डालाई हेर्ने दृष्टिकोणमा मतभेद भए पनि शाही प्रदर्शनमा मिसिन बल्खु पुगेका हुन्।

प्रसाईंका समूह निषेधित क्षेत्रतिर अघि बढ्ने प्रयास गरेका छन्। सरकारले प्रसाईंको समूहलाई प्रदर्शन लागि बल्खुमा स्थान तोकेको थियो। 

प्रर्दशनकारीहरू बल्खुमा जम्मा भएपछि निषेधित क्षेत्र माइतीघर तर्फ आउने प्रयास गरेका हुन्। बल्खुबाट माइतीघरतिर आउन खोजिरहेका छन्। जबर्जस्ती निषेधित क्षेत्रतिर प्रदर्शनकारी आउन खोज्दा झडप हुने अवस्था बढेको हो।

प्रतिक्रिया