प्रेम बहादुर चलाउनेमाथि कुटपिट गर्नेहरुलाई जनही दुई वर्षको कैद
नेपालखोज
२०८० मंसिर ७ गते १९:१०

काठमाडौं । काठमाडौं जिल्ला अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम बहादुर चलाउनेमाथि कुटपिट गर्नेहरुलाई जनही दुई वर्षको कैद सजाय सुनाइएको छ । न्यायाधीश विनोदकुमार खतिवडाको इजलासले कुटपिटमा संलग्न र कुटपिट गर्न लगाउने सबैलाई सजाय र जरिवानाको फैसला सुनाएको हो ।
२०७७ कात्तिक २० गते काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा दर्ता भएको उक्त मुद्दामा अदालतले ज्यान मार्ने उद्योग नभई कुटपिट र अङ्गभङ्गमा दोषी ठहर गरेको हो ।
उपप्राध्यापक चलाउनेको गोडा भाँचिई हाल जोडिएकाले कुटपिट अङ्गभङ्गमा संलग्नहरुलाई तीन वर्षसम्म कैद सजाय हुन सक्नेमा न्यायाधीश विनोदकुमार खतिवडाले प्रतिवादीहरुलाई २ वर्षको कैद र जनही २० हजार रुपैयाँ जरिवाना गराउने फैसला सुनाएका हुन् । साथै उपचारमा लागेको खर्च समेत प्रतिवादीहरुबाट भराउने फैसला गरेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया