छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका–१० कोटीहोमस्थित सडकमा ना.८ ख ५८४४ नम्बरको ट्रकले प्रदेश २–०३–०१७ प ६५३२ नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही ठाउँ बस्ने ४० वर्षीया बालकुमारी कंडेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनो पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चिसापानीस्थित सडकमा राडी बजारदेखि नेपालगञ्ज तर्फ जाँदै गरेको ना.३ ख ५२०७ नम्बरको बसबाट झर्ने क्रममा बसले ठक्कर दिँदा सोही ठाउँ बस्ने ३७ वर्षीय गणेश दमाईको शुक्रबार साँझ मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल राडीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य २ जनाको वेस्टर्न अस्पताल नेपालगंजमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिरहाको भगवानपुर गाउँपालिका–१ भगवानपुरस्थित सडकमा प्र.२–०१– ००२ प ३९०६ नम्बरको मोटरसाइकल र स.९ प ७०१२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा स.९ प ७०१२ नम्बरको मोटरसाइकल चालक लहान नगरपालिका–१० गोठटोल बस्ने २९ वर्षीय दुर्गानन्द कुमार रामको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सप्तऋषी अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका प्र.२–०१–००२ प ३९०६ नम्बरको मोटरसाइकल चालक समेत २ जनाको सप्तरीस्थित जिवन ज्योति अस्पताल बोदेबर्शाईनमा उपचार भइरहेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुस्थित सडकमा रानिजरूवाबाट दमारगाउँतर्फ जाँदै गरेको सु.प.प्र०१–००९ प ६६५३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक कैलाली लम्कीचुहा नगरपालिका–८ कुन्तिखेत बस्ने २४ वर्षीय बिकाश भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया