शनिबार, वैशाख २२, २०८१

कल्पनाका दाँतले बनाए विश्व रेकर्ड

नेपालखोज २०८० मंसिर १० गते ७:२५

काठमाडौं । हामीमध्ये अधिकांशको मुखमा ३२ वटा दाँत हुन्छन्। २८ वटा दाँत वयस्क भएर आउँछन् र बाँकी चारवटा समयसँगै आउँछन् जसलाई बुद्धि बंगारा (दाँत) पनि भनिन्छ।

कसैका दाँत ३२ भन्दा बढी छन् भन्दा विश्वास गर्नुहुन्छ? गिनिज वल्र्ड रेकर्डका अनुसार कल्पना बालन नामकी २६ वर्षीया भारतीय महिलाको सामान्य मानिसभन्दा ६ वटा दाँत बढी छ।

अर्थात उनका ३८ वटा दाँत छन्। महिलाको तल्लो बङ्गारामा चार अतिरिक्त दाँत र माथिल्लो बङ्गारामा दुई अतिरिक्त दाँत छन्, जसले गर्दा उनको दाँतको संख्या ३८ पुगेको छ।

कल्पनाले किशोरावस्थामा अतिरिक्त दाँतको बारेमा थाहा पाएकी थिइन्। समयसँगै यी क्रमशः बढ्दै गए। जसका कारण उनलाई कुनै प्रकारको पीडा भएन तर खानपानमा समस्या हुन थाल्यो। खाना चपाउँदा प्रायः दाँतमा अड्किन्छ, जसका कारण मुखको स्वच्छताको समस्या बढ्न थाल्छ। त्यसैले परिवारका सदस्यहरू यी अतिरिक्त दाँतहरू हटाउन डाक्टरकहाँ गएका थिए।

दाँत जाँचको क्रममा, कल्पनाको दन्त चिकित्सकले दाँत सजिलैसँग हटाउन नसकिने भएकाले उनलाई दाँत ठूलो नहुँदासम्म पर्खन सुझाव दिए। यी दाँतका कारण कल्पनालाई खासै समस्या नभएकोले दाँत पूर्ण रूपमा विकसित भइसकेपछि पनि हटाउन नदिने निर्णय गरिन् र अहिले गिनिज वुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल भइन्।

कल्पना भन्छिन्, ‘मलाई दाँत निकाल्ने प्रक्रियामा डर लागेको थियो र यी दाँतले कुनै विशेष समस्या त नपरोस्, त्यसैले यो मेरो लागि समस्या होइन। यति मात्र होइन, यी दाँतका कारण मेरो नाम गिनिज वल्र्ड रेकर्डमा लेखिएको छ, जसमा म निकै खुसी छु। यो मेरो जीवनभरको उपलब्धि हो।’

यस्तै, पुरुषमा सबैभन्दा धेरै दाँत हुने रेकर्ड क्यानडाको इभानो मालोनको नाममा छ, उनका कुल ४१ दाँत छ। अतिरिक्त दाँतको उपस्थितिको लागि मेडिकल शब्द हाइपरडोन्टिया वा पोलिडोन्टिया हो। विश्वको ३.८ प्रतिशत जनसंख्या यसरी अतिरिक्त दाँतको साथ बाँचिरहेका छन्।

प्रतिक्रिया