एनएसएलमा धनगढीद्वारा वीरगञ्जलाई पराजित
नेपालखोज
२०८० मंसिर १० गते २०:०८

काठमाडौं । दुई विदेशी खेलाडीको गोलमा साविक उपविजेता धनगढी एफसीले नयाँ टिम वीरगंज युनाइटेडलाई २-१ ले हराएर विजयी सुरुवात गरेको छ ।
धनगढीका लागि फोडे फोफानाले दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । त्यसपछि वीरगंजका लागि हान्स क्वाफीले पहिलो हाफको अन्तिम समयमा पेनाल्टीमा गोल गरेर खेल बराबरीमा ल्याए ।
त्यसपछि अहमद हिजाजीले खेलको अन्तिमतिर गोल गरेर टिमलाई जित दिलाए ।
सम्बन्धित
प्रतिक्रिया