शुक्रबार, वैशाख २६, २०८२

आजकाे माैसम : वर्षा र हिमपातकाे सम्भावना

नेपालखोज २०८० मंसिर ११ गते ६:२९

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही भू–भागमा हिमपातको सम्भावना रहेको छ ।महाशाखाका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेकाे छ ।

महाशाखाले आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ । त्यस्तै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे तथा उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया