ट्याङ्करको ठक्करबाट किशोरीको मृत्यु

नेपालखोज २०८० मंसिर ११ गते १५:२८

बाँके । ट्याङ्करको ठक्करबाट नेपालगंज उपमहानगरपालिका–१७ परस्पुर बस्ने १७ वर्षीया सालिनी पाठकको आइतबार साँझ मृत्यु भएको छ ।

नेपालगंज उपमहानगरपालिका–१ धम्बोझीमा ना.३ ख ८८५२ नम्बरको ट्याङकरले भे.११ प ७६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालक उपचार पश्चात डिस्चार्ज भएका छन् । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रण लिई यस सम्बन्धमा आवश्यक अनसुन्धान गरिरहेको छ ।

प्रतिक्रिया