रास्वपाको संयुक्त बैठक आज पनि बस्दै
नेपालखोज
२०८० मंसिर १२ गते ७:४२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज पनि बस्दै छ । महोत्तरीको जलेश्वरमा हिजो (सोमबार)बाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।
आजको बैठकमा संसदीय दल र पार्टीको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । संसदीय दलको प्रतिवेदन प्रमुख सचेतक सन्तोष परियारले प्रस्तुत गर्नेछन् ।
पार्टीको राजनीतिक प्रतिवेदन सभापति रवि लामिछानेले पेश गर्ने कार्यतालिका रहेको छ । सभापति लामिछानेको प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने र त्यसपछि महाधिवेशन प्रक्रियाबारे छलफल हुने बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया