मंगलबार, मंसिर २५, २०८१

हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करणमा विद्युतीय सवारीसाधनको र्‍याली निकालिने

नेपालखोज २०७८ चैत १८ गते १९:५०

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करणमा विद्युतीय सवारीसाधनको र्‍याली हुने भएको छ । चैत्र १९ गते शनिवारबाट सुरु हुने तेस्रो हिमालयन हाइड्रो एक्स्पोमा भृकुटीमण्डपबाट नेपालको पहिलो जलविद्युत केन्द्र फर्पिङसम्म विद्युतीय सवारीसाधनको र्‍याली आयोजना हुने भएको हो ।

विशेष गरेर यस एक्स्पोमा विद्युतको बजार खपतमा जोड दिइने स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) का कार्यसमिति सदस्य प्रकाश दुलालले बताए । दुई दिनसम्म चल्ने एक्स्पोमा रोबोटिक प्रतियोगितासमेत सञ्चालन हुनेछ । जसले रोबोटको माध्यमबाट जलविद्युतको टनेल खन्ने काम गर्नेछ ।

उनले रोबोटीक कार्यक्रमले जलविद्युतको टनेल खन्ने कुराको प्रचारसमेत हुने बताए । कार्यसमिति सदस्य दुलालले एक्स्पोमा ब्लास्टिङ बारुदबाट नगरेर केमिकलको माध्यमबाट ब्लास्टिङ गर्ने प्रविधिको पनि प्रदर्शनी गरिने बताए ।

सदस्य दुलालले एक्स्पोमा विद्युतीय विषयहरुको बारेमा नीतिगत छलफल गरिने बताए । एक्स्पोको दोस्रो दिन विद्युतीय खाना पकाउने चुलो, विद्युतीय साधनहरुको बारेमा विस्तृत छलफल गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया