विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिददर १४५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४१ पैसा रहेको बैंकले जनाएको छ ।
त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ र बिक्रीदर १६८ रुपैयाँ ७६ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर ८ रुपैयाँ ९७ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४९ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ६५ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर


प्रतिक्रिया