आइतबार, वैशाख २३, २०८१

केही दिन रोकिएर फेरि सञ्चालनमा आयो टिकटकजस्तै नेपाली एप ’रमाइलो’, यसरी गर्नुस् प्रयोग

नेपालखोज २०८० मंसिर १२ गते ११:०४

काठमाडौं । नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि सार्वजनिक भइ केही दिन रोकिएको मोबाइल एप ’रमाइलो’ पुनः सञ्चालनमा आएको छ ।

गुगल प्ले स्टोरका केही शर्त पूरा हुन बाँकी भएकाले केही दिन रोकिएको सो एप शर्त पूरा गरि फेरि सञ्चालनमा ल्याइएको कम्पनीले प्रेसनोट जारी गरि जानकारी दिएको छ ।

नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एप केही समयमै लोकप्रिय बन्न पुगेको छ ।

कम्पनीका अनुसार एप सार्वजनिक भएको केही दिनमै २ लाखभन्दा बढी पटक डाउनलोड भएको थियो । जसकारण नेपालको इतिहासमै यो एप सबैभन्दा छिटो धेरै डाउनलोड भएको समेत कम्पनीले जनाएको छ । यस एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाईक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत दिएको छ ।

कम्पनीले केही दिनमै एपस्टोरमापनि रमाइलो एपलाई उपलब्ध गराने जनाएको छ । साथै प्रयोगकर्ताको सुझावअनुसार निरन्तर एपको विकाश गर्दै लैजाने कम्पनीको भनाइ छ । कम्पनीले एपमा केही समस्या देखा परेमा कम्पनीलाई खबर गर्न समेत आग्रह गरेको छ ।

आफ्नो मोबाइलमा रमाइलो एप चलाउन https://bit.ly/ramailoshortvideosapp लिंक मार्फत इन्स्टल गर्न सकिन्छ ।

प्रतिक्रिया