मंगलबार, वैशाख १६, २०८२

एनएसएलमा चितवनमाथी काठमाडौंको जित

नेपालखोज २०८० मंसिर १२ गते २०:२६

काठमाडौं । नेपाल सुपर लि (एनएसएल) मा काठमाडौं  रेजर्स हारबाट जोगिएको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा एफसी चितवनले ८६ औं मिनेटमा गोल गरेर अग्रता लिए पनि काठमाडौंले ९२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा टुंग्याएको हो ।

चितवनका नवयुग श्रेष्ठले गोल गरेर अग्रता दिलाए पनि काठमाडौंका जुनियर एकेनगुएले गोल फर्काएर खेल बराबरीमा ल्याएका हुन् । योसँगै काठमाडौंले एनएसएलमा दुई खेलबाट ४ अंक जोडेको छ । चितवनले पनि १ अंक जोडेको छ ।

प्रतिक्रिया