भूकम्प पीडितका अस्थायी आवास निर्माण सेना प्रहरीले गर्ने
नेपालखोज
२०८० मंसिर १३ गते १२:०४

काठमाडौं । सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प पीडितका आवास निर्माणका लागि सुरक्षाकर्मीलाई खटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
जिल्लामा जनशक्ति अपुग भएमा प्रमुख जिल्ला अधिकारीको मागको आधारमा थप जनशक्ति उपलब्ध गराउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया