बढ्यो सुनको भाउ, तोलाको एक लाख १९ हजार नाघ्यो
नेपालखोज
२०८० मंसिर १३ गते १२:२८

काठमाडौं । सुनको मूल्य बुधबार थप बढेर नयाँ रेकर्ड बनेको छ । सोमबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै बढेको हो ।
बुधबार प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमबार प्रतितोला एक लाख १७ हजार ४०० तथा मंगलबार प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १५२० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य २० रुपैयाँ बढेको हो ।
सम्बन्धित

प्रतिक्रिया