सीसीटीभी प्रकरणको रिट दर्ता गर्न सर्वोच्चको आदेश
नेपालखोज
२०८० मंसिर १३ गते १८:२८

काठमाडौं । सर्वोच्च अदालतले अर्थमन्त्रालयको सीसीटीभी प्रकरणसम्बन्धी रिट निवेदन दर्ता गर्न आफ्नै प्रशासनलाई आदेश दिएको छ ।
न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र डा. मनोज शर्माको इजलासले रिट निवेदन दरपीठ (अस्वीकृत) हुने सर्वोच्च अदालत प्रशासनको आदेश बदर गरेको हो ।
सर्वोच्च अदालतको यो आदेशसँगै गतवर्ष बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भएको विवादमाथि न्यायिक छानबिन हुनुपर्ने माग अदालत प्रवेश गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माको पालामा बजेट तयारीको अन्तिम दिन १४ जेठ, २०७९ मा अवकाशप्राप्त नासु रघुनाथ घिमिरे अर्थमन्त्रालयमा प्रवेश गरेका थिए ।
मन्त्रालयमा प्रवेश गरी बजेटमा करको दर हेरफेर गरेको आरोपपछि संसदीय छानविन समिति समेत बनेको थियो ।
सम्बन्धित
प्रतिक्रिया