मंगलबार, वैशाख १६, २०८२

नेपाल सुपर लिगमा आज धनगढी र बुटवल लुम्बिनी भिड्दै

नेपालखोज २०८० मंसिर १४ गते ६:१५

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणमा आज धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदै छ ।

धनगढीले पहिलो खेलमा वीरगन्ज युनाइटेडलाई २-१ ले हराएको थियो । यता, बुटवल लुम्बिनी भने पहिलो खेलमा ललितपुर सिटी एफसीविरुद्ध २-० ले पराजित भएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यी दुईबीचको खेल साँझ ५ः३० बजेदेखि सुरु हुनेछ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।

काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगञ्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

प्रतिक्रिया