शनिबार, वैशाख २२, २०८१

१८ अंकले घट्दा एक अर्ब ३२ करोडको सेयर किनबेच

नेपालखोज २०८० मंसिर १४ गते १५:२५

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से घटेर नैं रोकिएको छ । अघिल्लो दिन झण्डै १८ अंकले घटेको नेप्से आज पुन १८ दशमलव शुन्य छ अंकले घटेर १८ सय ५८ दशमलव ५३ अंकमा झरेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८० अंकले घटेर तीन सय ५६ दशमलव शुन्य आठ अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ८९ वटा कम्पनीहरुको ३७ हजार ३१ पटकको कारोबारमा ४५ लाख ९५ हजार पाँच सय ५३ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ३२ करोड ३५ लाख १९ हजार तीन सय ५७ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुुचक शुन्य दशमलव शुन्य दुई अंकले बढेर १७ दशमलव ७४ अंकमा पुगेको छ भने बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुुचक १० दशमलव ६५ अंकले घटेर ११ सय ५० दशमलव शुन्य चार अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक २१ दशमलव ७९ अंकले घटेर तीन हजार छ सय २८ दशमलव ७१ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि २६ दशमलव ५३ अंकले घटेर १६ सय ३२ दशमलव २९ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ३४ दशमलव ६३ अंकले घटेर १९ सय ६६ दशमलव ७० अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय दशमलव ५७ अंकले घटेर १० हजार दुई सय आठ दशमलव ४४ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ६५ दशमलव शुन्य आठ अंकले घटेर नौं हजार आठ सय ५० दशमलव ८९ अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः ८१ दशमलव ४८, शुन्य दशमलव ५७, ३८ दशमलव शुन्य तीन, २१ दशमलव ४०, सात दशमलव ७६ र नौं दशमलव ५८ अंकले घटेका छन् ।

नेप्सेमा आज रुरु जलबिद्युत परियोजना लिमिटेडको प्रतिकित्ता सेयर मुल्य पाँच दशमलव ६३ प्रतिशतले बढेर सात सय ५० रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा बिजय लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले घटेर पाँच सय ९१ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरतर्फ भने आज प्रतिकित्ता चार सय २३ रुपैंयाँ अन्तिम मुल्यमा ११ करोड ६७ लाख १२ हजार तीन सय रुपैंयाँ बराबरको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया