शनिबार, वैशाख २२, २०८१

सुनको मूल्य सामान्य घट्यो, चाँदीको मूल्य बढ्यो

नेपालखोज २०७९ साउन ११ गते १०:४७

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ घटेको छ भने चाँदी भाउ बढेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि २ सय रुपैयाँ घटेको छ । तेजाबी सुन आज प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया