आरजुको प्रश्न : कांग्रेसमा उपसभापति र महामन्त्री किन महिला छैनन् ?
नेपालखोज
२०८० मंसिर १४ गते १८:०७

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पार्टीको महासमिति बैठकमा पदाधिकारीमा महिलाको संख्या वृद्धि गर्नुपर्ने विषय उठाउने बताएकी छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कांग्रेस पदाधिकारीमा सहमहामन्त्रीमा मात्र महिला आरक्षण रहेको भन्दै उपसभापति, महामन्त्रीमा नराखिएकोप्रति असन्तुष्टि जनाइन् ।
खाली किन एउटा सहमहामन्त्री मात्रै महिला, उपसभापति, महामन्त्री किन छैन ? अरु पोस्टमा पनि महिला हुनसक्छ नि । अहिले विभागहरु बनिरहेको छ, त्यसमा पनि ३३ प्रतिशत महिलाकै नेतृत्व हुनुपर्छ । खाली मेम्बर मात्रै हुने । हामी भोट मात्रै हाल्ने ? हाम्रो आवाज सुन्नु परेन ?’, उनले प्रश्न गरिन् ।
सम्बन्धित

प्रतिक्रिया