शनिबार, वैशाख २२, २०८१

सातामा सात अर्ब ३८ करोडको सेयर किनबेच

नेपालखोज २०८० मंसिर १५ गते १०:०९

काठमाडौं । यो साता नेप्से १८ सय ५८ दशमलव ५३ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ५६ दशमलव शुन्य आठ अंकमा सिमित भएको छ ।

सातामा कुल दुई सय ९४ वटा कम्पनीहरुको दुई लाख ३३ हजार दुई सय ४३ पटकको कारोबारमा दुई करोड ५२ लाख ३१ हजार ९६ कित्ता शेयर खरिद–बिक्री हुुंदा कुल कारोबार रकम सात अर्ब ३८ करोड ४४ लाख ५८ हजार १८ रुपैंयाँ ४२ पैसा पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा तीन अर्ब रुपैंयाँले मात्र बढी हो ।

नेप्सेमा गत साता भने दुई सय ९४ वटा कम्पनीहरुको एक लाख ७४ हजार चार सय १० पटकको कारोबारमा एक करोड ५६ लाख २८ हजार चार ६२ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम चार अर्ब ४८ करोड ५२ लाख ४३ हजार पाँच सय ३९ रुपैंयाँ ५० पैसा पुगेको थियो ।

यो साता नेप्से पाँच दिन खुल्ला रहेकोमा पहिलो दिन उच्च अंकले बढेको थियो भने दोस्रो, तेस्रो, चौंथो र पाँचौं दिन उच्च अंकले घटेको थियो । पहिलो दिन ४७ दशमलव ७५ अंकले बढेर १९ सय सात दशमलव ९५ अंकमा चढेको नेप्से अन्तिम कारोबार दिन १८ दशमलव शुन्य छ अंकले घटेर १८ सय ५८ दशमलव ५३ अंकमा सिमित हुन पुगेको थियो ।

यसैगरी पहिलो दिन सात दशमलव ८३ अंकले बढेर तीन सय ६४ दशमलव ८१ पुगेको सेन्सिटिभ इन्डेक्स पाँचौं दिन दुई दशमलव ८० अंकले घटेर तीन सय ५६ दशमलव शुन्य आठ अंकमा खुम्चिन पुगेको थियो ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर आदिको बढी रकम कारोबार हुुँदा शिवम सिमेन्ट, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया