मंगलबार, वैशाख १६, २०८२

अस्ट्रेलियाबीचको टी-२० सिरिज भारतले जित्याे

नेपालखोज २०८० मंसिर १६ गते ६:१९

काठमाडाैं । अस्ट्रेलियाबीचको टी-२० सिरिज भारतले जितेको छ । चौथो टी-२० मा भारत २० रनले विजयी भएसँगै एक खेल अगावै सिरिज भारतले आफ्नो बनाएकाे हाे । भारत सिरिजमा ३-१ ले अघि रहेको छ ।

पहिले ब्याटिङ गर्न आएका भारतका ओपनिङ ब्याट्सम्यान यशस्वी जैसवालले ऋतुराजसँग ५० रनको साझेदारी गरे । जैसवालले ६ चौका र १ छक्का सहित ३७ रनको उत्कृष्ट इनिङ खेले ।

भारतले दिएको लक्ष्य पछ्याउने क्रममा कंगारु टोलीले तीव्र सुरुवात गरेको थियो । तर पहिले जोस फिलिपी ८ रन बनाएर ट्राभिस हेड ३१ रन बनाएर प्याभिलियन फर्किए । अक्षर पटेलले बेन म्याकडर्मोटलाई १९ रन र आरोन हार्डीलाई ८ रनमा पेभिलियन पठाए ।

टोली डेभिडले मिडल अर्डरमा छिटो खेल्ने प्रयास गरे पनि १९ रन बनाएर दीपक चाहरको शिकार बने । दीपक चाहरले पनि म्याथ्यु सर्टलाई आउट गर्दै खेल भारततर्फ फर्काए ।

अन्त्यमा कप्तान म्याथ्यु वेडले प्रयास गरे पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन् । वेडले ३६ रन बनाए । भारतका लागि अक्षर पटेलले सर्वाधिक ३ र दीपक चाहरले २ विकेट लिए ।

प्रतिक्रिया