सोमबार, वैशाख २९, २०८२

पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

नेपालखोज २०८० मंसिर १६ गते ६:३०

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । साथै कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ ।

आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया