आइतबार एक शक्तिशाली दिन, जान्नुहोस् व्रत विधि

आयु एवं सौभाग्य वृद्धि, सबै किसिमका कामनासिद्धिका लागि तथा नेत्र रोग, कुष्ठ रोग, एवं चर्म रोग निवारणका निम्ति आइतबार सुर्य भगवानको व्रत लिने गरिन्छ।
व्रत लिँदा शुक्ल पक्षको पहिलो आइतबारबाट सुरु गर्नुपदर्छ। यसलाई न्यूनतम एक वर्षम्म लिन सकिन्छ। यदि कुनै कारणले एक वर्ष पूरा गर्न नसकेको अवस्थामा १२ वटा आइतबार चाँहि अवश्य नै व्रत लिनुपर्दछ।
व्रतका दिन सकेसम्म रातो कपडा लगाउने, त्यसदिन गहुँको रोटी मात्रै सेवन गर्ने, भोजन गर्नुभन्दा पहिले स्नान गरी शुद्ध रातो कपडा लगाएर ‘ ॐ सूर्याय नमः’ यस बीज मन्त्रको जाप थोरैमा ५ माला सके व्रतको अवधिभरि गरिरहनु पर्दछ।
त्यसपछि आइतबारको व्रतकथा पढ्ने, अनि सूर्यलाई रातो अक्षता, रातो फूल र दुबोको जलले निम्न मन्त्र पढ्दै अर्घ्य दिनुपर्दछ- नमः सहस्रकिरण ! सर्वव्याधिविनासिने। गृहाणार्घ्यं मया दत्तं सन्ध्यया सहितो रवे ।।
फेरि प्रदक्षिणा गरेर रातो चन्दनको तिलक लगाउनु पर्दछ, व्रतको समाप्ति अर्थात् अन्तिम आइतवारका दिन हवनपछि ब्राह्मण दम्पतिलाई भोजन गराई यथाशक्ति रातो कपडा एवं दक्षिणासहित प्रसन्न तुल्याई आशिर्वाद ग्रहण गर्नु पर्दछ।
प्रतिक्रिया