अस्ट्रेलियाविरुद्ध भारतको जीत
नेपालखोज
२०८० मंसिर १८ गते ७:०६

काठमाडाैं । भारत तथा अस्ट्रेलियाबीच टी-२० श्रृंखलाको पाँचौं तथा अन्तिम खेलमा भारतले जितेकाे छ । आइतबार राति बेंग्लोरमा भएकाे खेल जित्दै भारतीय टीमले टी-२० श्रृंखलामा ४–१ ले कब्जा जमाएको छ ।
यो रोमाञ्चक खेलमा अस्ट्रेलियाले जीतका लागि १६१ रनको लक्ष्य पाएको थियो, तर यो टीमले ८ विकेटमा १५४ रनमात्र बनाउन सक्यो ।
टस हारेर पहिला ब्याटिङ गर्न आएको भारतले ८ विकेटको क्षतिमा १६० रन बनायो । भारतका श्रेयश अय्यरले सर्वाधिक ५३ रनको योगदान दिए भने ओपनर यशस्वी जायसवालले २१, जितेश शर्माले २४ तथा अक्षर पटेलले ३१ रनको योगदान दिए ।
अस्ट्रेलियाका जासन बेरनडोर्फ तथा बेन डुवार्सुईले समान दुई विकेट लिए भने आरो हार्डि, नाथन इलिस तथा तनवीर शाघाले समान एक विकेट लिए ।
सम्बन्धित
प्रतिक्रिया