सुन तथा चाँदीका गहना चोरी
नेपालखोज
२०८० मंसिर १८ गते १३:३६

ललितपुर । ललितपुर महानगरपालिका–२ सानेपा डेरा गरी बस्ने खोटाङ घर भएकी ३४ वर्षीया सुप्रिया राइको कोठाबाट करिब २४ लाख १६ हजार रूपैयाँ मूल्य बराबरको सुन तथा चाँदीका गहना आइतबार बिहान चोरी भएको छ ।
घरमा कोही नभएको अवस्थामा मूल गेटको ढोका फोडी करिब २० तोला सुनका गहना र ६३ तोला चाँदीका गहना गरी उक्त रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया