मंगलबार, वैशाख २५, २०८१

प्रभु महालक्ष्मी लाइफको सर्वश्रेष्ठ आजीवन बीमा : बीमितले के–के सुविधा पाउँछन् ?

नेपालखोज २०८० मंसिर २० गते १३:१२

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ‘सर्वश्रेष्ठ आजीवन बीमा योजना’ ल्याएको छ । बीमितहरुको सहज र सरल सुविधाका लागि यो बीमा योजना ल्याएको हो ।

बीमा अवधिमा मात्र होइन बीमा अवधि समाप्ति पछि पनि जोखिम बहन हुने बीमा योजना हो, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सर्वश्रेष्ठ आजीवन बीमा योजना । कम्पनीले भविष्यमा आइपर्न सक्ने आर्थिक अनिश्चितताको जोखिम न्यूनिकरण गर्न तत्पर रहेको जनाएको छ ।

आफू हुँदा आफूलाई र आफू पछि आफ्नालाई हुने सर्वश्रेष्ठ आजीवन बीमा योजनाबाट बीमा अवधि समाप्ति पछि पनि निरन्तर आर्थिक जोखिम बहन गर्ने हुनाले कम्पनीले यसको नामाकरण नै ‘सर्वश्रेष्ठ’ छनोट गरेको कम्पनीले जनाएको छ ।

सुविधाहरुः
१. सर्वश्रेष्ठ आजीवन बीमा योजनामा बीमा अवधिसम्म बीमित जीवित रहेमा बीमालेख अन्तर्गतको बीमाङ्क रकम तथा आर्जीत बोनस समेत एकमुष्ट बीमित स्वयंलाई भुक्तानी गरिनेछ ।

२. बीमा अवधि समाप्ति पश्चात बीमाशुल्क भुक्तानी गरिरहनु नपर्ने तर जोखिम बहन निरन्तर चलि रहनेछ । बीमा अवधि भित्र बीमितको असामहिक निधन भएमा बीमाङ्क रकम तथा उक्त अवधिसम्म आर्जीत बोनस इच्छाइएको व्यक्तिलाई एकमुष्ट भुक्तानी गरिनेछ ।

३. बीमा अवधि समाप्ति पश्चात पनि कुनै समयमा बीमितको असामहिक निधन भएमा इच्छाइएको व्यक्तिलाई एकमुष्ट बीमाङ्क रकम भुक्तानी गरिनेछ । यदि ८४ वर्षसम्म बीमित जीवित रहेमा ८४ वर्ष पुगेको जन्मोत्सवमा बीमित स्वयंलाई नै एकमुष्ट बीमाङ्क रकम पुनः भुक्तानी गरिनेछ ।

४. बीमालेख अन्तर्गतको कम्तिमा ३ वर्षको बीमाशुल्क भुक्तानी भई ३ वर्ष पुगे पश्चात बीमालेख अन्तर्गत ऋण तथा समर्पण सुविधा प्राप्त गर्न सकिनेछ । बीमालेख अवधि समाप्तिसम्म पूर्ण रुपमा चालु रही बीमा अवधि समाप्तिमा बीमाङ्क र आर्जित बोनस प्राप्त गरे पश्चात समेत बीमित ८४ वर्ष नपुगञ्जेल कुनै पनि समयमा समेत ऋण तथा समर्पण सुविधा प्राप्त गर्न सकिने छ ।

मुख्य विशेषताहरूः
१. १८ वर्ष देखि ६५ वर्ष उमेर समुहका व्यक्ति यो जीवन बीमा योजनामा सरिक हुन सक्नेछन् । न्यूनतम रु.५०,०००/– देखि अधिकतम रु.२५,००,००,०००/– सम्मको बीमाङ्क रकमको बीमा गर्न सकिने छ । यस जीवन बीमा योजना ५ वर्ष देखि ३० वर्ष बीमा अवधि छनोट गर्न सकिनेछ । बीमा अवधि समाप्तिमा अधिकतम उमेर ७० वर्ष तोकिएको छ ।

२. सर्वश्रेष्ठ आजीवन बीमा योजना एकल, वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक बीमाशुल्क भुक्तानी तरिका छनोट गर्न सकिने छ ।

४. यस जीवन बीमा योजनामा बीमाशुल्क भुक्तानी तरिका छनोटको आधारमा प्रिमियम घटबढ हुनेछ । जस अनुसार अर्धवार्षिक बीमाशुल्क भुक्तानी तरिका छनोट गर्दा १ प्रतिशत थप लाग्नेछ । त्रैमासिक बीमाशुल्क भुक्तानी तरिका छनोट गर्दा २ प्रतिशत थप लाग्नेछ भने मासिक बीमाशुल्क भुक्तानी तरिका छनोटमा ३ प्रतिशत थप लाग्नेछ ।

५. यस योजनामा बीमाङ्क रकमको आधारमा पनि छुटको व्यवस्था गरिएको छ । बीमाङ्क रकम रु.२,००,००१/– देखि रु.५०,००,०००/–सम्मका बीमालेखमा रु.०.२५ प्रतिहजार छुट गरिएको छ । त्यसैगरी बीमाङ्क रकम रु.५०,००,००१/– देखि माथि बीमालेखमा रु.०.५० प्रतिहजार छुट गरिएको छ ।

ऐच्छिक सुविधाहरुः
दुर्घटना मृत्यु लाभ (एडीबी)
बीमाङ्क रकम बराबर वा बढिमा रु.१,००,००,०००/– बीमाङ्क सम्मको दुर्घटना मृत्यु लाभ (एडीबी) ऐच्छिक सुविधा लिन सकिनेछ ।

पूर्ण तथा स्थायी अपाङ्ग असक्त सुविधा (पीटीडी) तथा बीमाशुल्क छुट सुविधाः
बीमाङ्क रकम बराबर अथवा बढिमा रु.१,००,००,०००/– बीमाङ्क सम्मको पूर्ण तथा स्थायी अपाङ्ग अशक्त सुविधा (पीटीडी) तथा बीमाशुल्क छुट सुविधा (पीडब्लु) लिन सकिनेछ ।

घातक रोग रक्षावरण सुविधा सीआईः
बीमाङ्क रकम बराबर अथवा बढिमा रु.५०,००,०००/– बीमाङ्क सम्मको घातक रोग रक्षावरण सुविधा (सीआई) लिन सकिनेछ ।

प्रतिक्रिया