आरती मृत्यु प्रकरण : श्रीमानलाई पुर्पक्षका लागि थुनामा पठाउन र ससुरालाई धरौटीमा छोड्न आदेश
नेपालखोज
२०८० मंसिर २० गते २०:४४
काठमाडाैं । सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । बुधबार न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले साहलाई श्रीमान्लाई थुनामा पठाउन आदेश दिएको हो ।
इजलासले आरतीका ससुरा मदन मोहन साहलाई एक लाख धरौटीमा छोड्न आदेश दिएको छ । गत जेठ ७ गते आरतीको शव भेटिएको थियो । आरतीको माइती पक्षले सुनियोजित रूपमा आरतीको हत्या गरिएको बताउँदै आएको थियो । उनीहरूले श्रीमान् र ससुराविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया