आजकाे माैसम : हिमपात र वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्नचापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशका केही भू–भागमा आज हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ ।
साथै पहाडी क्षेत्रमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमाहिमपात र तराईमा हुस्सु लाग्ने भएकाले चिसो महसुस हुने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ । अहिले बिहान कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।
आज दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने कोसी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
महाशाखाले आज राति कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहने बताएको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया