तीन दलका शीर्ष नेताबीच अर्थतन्त्रका विषयमा छलफल
नेपालखोज
२०८० मंसिर २१ गते ६:३६

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत प्रमुख सत्तारुढ गठबन्धन दलका शीर्ष नेताबीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।
उनीहरूबीच अर्थतन्त्रका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रासस
सम्बन्धित
प्रतिक्रिया