नेपाल सुपर लिग : हारबाट बुटवल जोगियो, चितवनकाे तेस्रो स्थानमा उक्लने मौका गुम्याे
नेपालखोज
२०८० मंसिर २१ गते २०:१९

काठमाडाैं । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनी एफसी र एफसी चितवनले १–१ को बराबरी खेलेका छन् । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको इन्जुरी समयमा स्टेफन बिनोङले गोल गरेपछि बुटवल हारबाट जाेगिएकाे हाे ।
यो बराबरीसँगै चितवनले लिगमा चार खेल खेल्दा पाँच अंक जोडेको छ । चितवनले यसअघिका तीन खेलमध्ये एकमा जित, एकमा बराबर र एक खेलमा हारको नजिता आत्मसात गरेको थियो ।
प्रतियोगितामा बुटवलको भने यो पहिलो बराबरी हो । यो खेलसँगै बुटवल चार खेलबाट चार अंक जोडेको छ । बुटवलले यसअघि एक खेलमा जित निकाल्दा दुई खेलमा हार बेहोरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया