मंगलबार, वैशाख १६, २०८२

यू-१९ एसिया कप क्रिकेट : पाकिस्तानसँग खेल्दै नेपाल

नेपालखोज २०८० मंसिर २२ गते ८:०४

काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा आज नेपाली क्रिकेट टोलीले पाकिस्तानसँग खेल्दैछ । यूएईमा आजदेखि सुरु हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे हुने छ ।

प्रतियोगितामा नेपालसहित ८ देशको सहभागीता छ । नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए” मा छन् । समूह ‘बी’ मा यूएई, जापान, श्रीलंका र बंगलादेश छन् ।

प्रतियोगिता पुस १ गते सम्म चल्नेछ । सबै खेल आईसीसी एकेडेमी ओभल–१ र २ दुबईमा हुनेछन् । जापान र यूएई बाहेक अन्य सबैलाई एसिया कप २०२४ जवनरी १३ देखी फेब्रुअरी ४ सम्म दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकप अघिका अन्तिम तयारी हो ।

प्रतिक्रिया