बुधबार, वैशाख १९, २०८१

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमयदर

नेपालखोज २०८० मंसिर २२ गते ८:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २० पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ २१ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४८ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ६४ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया