मंगलबार, वैशाख १६, २०८२

यू-१९ एसिया कप : नेपालको खेल तालिका बारे सम्पूर्ण जानकारी

नेपालखोज २०८० मंसिर २२ गते ९:११

काठमाडौं । नेपाली युवा टोलीले युएईमा हुने एसिसी यू–१९ एसिया कप खेल्दैछ । एक महिनापछि दक्षिण अफ्रिकामा हुने आइसिसी यू-१९ विश्वकप तयारीको लागि एसिया कप हुन लागेको हो ।

नेपालले एक महिना अघि मलेसियामा सम्पन्न एसिसी यू–१९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो । नेपालले गत फागुनमा घरेलु टोली युएईलाई हराउँदै २०२४ जनवरी फेब्रुअरीमा हुने यू–१९ विश्वकपमा स्थान बनाएको थियो ।

अघिल्लो महिना सम्पन्न यू-१९ प्रिमियर कपबाट नेपालसहित उपविजेता युएई र तेस्रो स्थानमा रहेका जापानले पनि यू-१९ एसिया कप खेल्नेछन् । जापानले पहिलो पटक एसिया कप खेल्नेछ । युएईमा हुने एसिया कपको बारे सम्पूर्ण जानकारी यस प्रकार छ ।

मिति : प्रतियोगिता मंसिर २२ देखी पुष १ गतेसम्म (डिसेम्बर ८ देखी १७) हुनेछ ।

स्थान : दुबईको आइसिसी एकेडेमी ओभल-१ र २ मैदानमा हुनेछ ।

समूह ए : नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान

समूह बी : युएई, जापान, बंगलादेश र श्रीलंका

नेपालको खेल तालिका –

मंसिर २२ (डिसेम्बर ८) – नेपाल र पाकिस्तान

मंसिर २४ (डिसेम्बर १०) – नेपाल र अफगानिस्तान

मंसिर २६ (डिसेम्बर १२) – नेपाल र भारत

मैदान : नेपालबा सबै खेल आइसिसी एकेडेमी ओभल २ मा खेल हुनेछन् ।

मंसिर २९ (डिसेम्बर १५) – सेमिफाइनलका दुबै खेल हुनेछन् । समूह ए को विजेताले समूह बी को उपविजेतासँग खेल्नेछ । समूह बी को विजेताले समूह ए को उपविजेतासँग खेल्नुपर्ने हुन्छ ।

पुष १ (डिसेम्बर १७) – फाइनल खेल हुनेछन् ।

सबै खेल नेपाली समय अनुसार बिहान ११ स् १५ मा सुरु हुनेछन् । युएईको समय अनुसार भने बिहान ९ : ३० मा सुरु हुनेछ ।

लाइभ – सबै खेलको लाइभ एसिसीले आफ्नो युटुब च्यानलबाट गर्नेछ ।

पिच कन्डिसन – आइसिसी ओभल एकेडेमी दुबै मैदानमा तीव्र गतिका बलरलाई बढी फाइदा पुग्ने गर्दछ । हरियो दुबो बढी हुँदा तीव्र गतिका बलरले बढी फाइदा उठाउने गर्दछन् ।

नेपालको यू१९ एसिया कप २०२३ खेल्ने टोली :

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा ।

प्रतिक्रिया