शनिबार, वैशाख २२, २०८१

सातामा सात अर्ब ६४ करोडको सेयर किनबेच

नेपालखोज २०८० मंसिर २२ गते ११:०७

काठमाडौं । यो साता नेप्से १८ सय ५२ दशमलव ७७ अंकमा सिमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ५२ दशमलव २८ अंकमा सिमित भएको छ ।

सातामा दुुई सय ९९ वटा कम्पनीहरुको दुई लाख सात हजार एक सय छ पटकको कारोबारमा दुई करोड ५२ लाख ७४ हजार सात सय ७४ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम सात अर्ब ६४ करोड ७१ लाख ६२ हजार पाँच सय ८१ रुपैंयाँ तीन पैसा पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा थोरै मात्र बढी हो ।

नेप्सेमा गत साता भने दुुई सय ९४ वटा कम्पनीहरुको दुई लाख ३३ हजार दुई सय ४३ पटकको कारोबारमा दुई करोड ५२ लाख ३१ हजार ९६ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम सात अर्ब ३८ करोड ४४ लाख ५८ हजार १८ रुपैंयाँ ४२ पैसा पुगेको थियो । यो साता नेप्से पाँच दिन नैं खुल्ला रहेकोमा पहिलो, दोस्रो र तेस्रो दिन घटेको नेप्से चौंथो र पाँचौं दिन भने बढेको हो ।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो पहिलो दिन सात दशमलव २९ अंकले घटेर १८ सय ५१ दशमलव २३ अंकमा सिमित भएको नेप्से अन्तिम कारोबार दिन ११ दशमलव ७३ अंकले बढेर १८ सय ५२ दशमलव ७७ अंकमा पुग्न सफल भएको थियो ।

यसैगरी पहिलो दिन एक दशमलव ६५ अंकले घटेर तीन सय ५४ दशमलव ४३ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन एक दशमलव ५८ अंकले बढेर तीन सय ५२ दशमलव २८ अंकमा पुग्न सफल भएको थियो । यि बाहेकका बाँकी दिनहरुमा भने चौंथो दिन बाहेक सबै दिनमा यि दुबै सुचक घटेका थिए ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता नेपाल पुर्नबीमा कम्पनी, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी रकम कारोबार हुँदा नेपाल पुर्नबीमा कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया